सुरक्षा समन्वय महाशाखा
सम्पर्क
..
मुख्य कार्यहरू
1. प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य गर्ने गराउने,
2. अति विशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशिल सार्वजनिक स्थल तथा समारोहको सुरक्षा प्रवन्ध मिलाउने,
3. संघीय र प्रादेशिक सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय गर्ने गराउने,
4. प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमनका कार्यहरु गर्ने गराउने,
5. प्रदेश भित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय गर्ने गराउने,
6. अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग पुर्याउने सम्बन्धमा आवश्यक कार्य गर्ने गराउने,
7. प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरुको मानव अधिकारको संरक्षण र कैदी बन्दीहरुको स्थानान्तरण सम्बन्धी आवश्यक कार्यहरु गर्ने गराउने,
8. सामुदायिक प्रहरी गठन तथा प्रदेश भित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित कार्यहरु गर्ने गराउने,
9. संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विस्फोटक पदार्थको उचित व्यवस्थापन गर्ने गराउने,
10. मातहत कर्मचारीहरूको काम, कर्तव्य र उत्तरदायित्व अनुसार काम गरे नगरेको निरीक्षण, निर्देशन, सुपरीवेक्षण गर्ने गराउने ।