गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

शान्ति सुरक्षा तथा प्रहरी प्रशासन शाखा


सम्पर्क
मुख्य कार्यहरू
  1. प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य सम्बन्धी कार्य गर्ने,
  2. अति विशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशिल सार्वजनिक स्थल तथा समारोहको सुरक्षा प्रबन्ध सम्बन्धी कार्य गर्ने,
  3. सङ्घीय र प्रादेशिक सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय सम्बन्धी कार्य गर्ने,
  4.  अन्तराष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्‍लेषण र उपयोग तथा अन्तराष्ट्रिय सीमा सुरक्षामा सहयोग गर्ने,
  5.  सङ्घीय मापदण्ड बमोजिम हातहतियार, खरखजना तथा विष्फोटक पदार्थको नियमन गर्ने,
  6.  स्थानीय प्रशासनको सञ्‍चालन, व्यवस्थापन र समन्वय गर्ने,
  7.  प्रदेश अनुसन्धान ब्यूरो सम्बन्धी कार्यहरु गर्ने,
  8. प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनर्स्थापना सम्बन्धी कार्यहरु गर्ने।