गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजपत्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

प्रशासन तथा योजना शाखा


सम्पर्क
मुख्य कार्यहरू
  1.  मन्त्रालय र अन्तर्गतका निकायहरूमा निजामती कर्मचारीहरुको नियुक्ति, पदस्थापन, सरुवा, पुरस्कार सिफारिस, बिभागीय सजाय, अवकाश सम्बन्धी कार्यहरु गर्ने,
  2.  निजामती कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्ने,
  3. सुशासन, नागरिक बडापत्र, गुनासो सुनुवाइ तथा सेवा प्रवाह प्रभावकारीता सम्बन्धी कार्यहरु गर्ने,
  4. मन्त्रालय र मातहतका सम्पूर्ण निजामती कर्मचारीहरुको अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने सम्बन्धी कार्यहरु गर्ने,
  5.  मन्त्रालय र अन्तर्गतको नीति, योजना, वार्षिक कार्यक्रम तर्जुमा, अनुगमन तथा मूल्यांकन गर्ने कार्यमा सहयोग गर्ने,
  6. मन्त्रालय अन्तर्गत संचालित वार्षिक तथा आवधिक योजनाहरुको कार्यान्वयन, अनुगमन तथा प्रगति समिक्षा गर्ने,
  7. मन्त्रालयका निजामती कर्मचारीहरुको तालिम¸ अध्ययन¸ भ्रमण¸ गोष्ठी¸ सेमिनारमा सहभागीताका सम्बन्धमा मनोनयनका लागि महाशाखा प्रमुख समक्ष पेश गर्ने,
  8. जनशक्ति विकास¸ श्रोत परिचालन तथा व्यवस्थापन र क्षमता अभिवृद्धि सम्बन्धी कार्यमा समन्वय गर्ने,
  9. मन्त्रालयको अल्पकालीन तथा दीर्घकालीन नीति¸योजना तर्जुमा सम्बन्धमा सहयोग गर्ने,
  10. नियमित रुपमा वार्षिक तथा आवधिक योजना तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा सहयोग गर्ने,
  11. कार्यक्रम संशोधन तथा रकमान्तर सम्बन्धी कार्य गर्ने,
  12. जिन्सी व्यवस्थापन, छपाइ व्यवस्था मिलाउने, श्रेस्ता राख्ने, भौतिक परीक्षण गराउने, कार्यालय र परिसर सरसफाई, कार्यालय सामान मर्मत सम्भार गर्ने,
  13. कार्यालयको भौतिक सम्पतिको अभिलेख व्यवस्थापन अद्यावधिक गर्ने कार्य गर्ने,
  14. तोकिएका अन्य कार्यहरु गर्ने ।